शिक्षामन्त्रीसँगको वार्ता निष्कर्षविहीन, कन्सल्टेन्सी व्यवसायी आक्रोशित

8.7K
shares
Nabil bank

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगको वार्ता निष्कर्षविहीन बनेपछि आन्दोलनरत शिक्षा कन्सल्टेन्सी व्यवसायीले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। व्यवसायीहरूले धरौटी, स्वीकृति शुल्क र नवीकरण शुल्कसम्बन्धी विवादित प्रावधान फिर्ता लिन सरकार तयार नभएको आरोप लगाउँदै अब थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

ईक्यानको आरोप– ‘मन्त्रीले समाधान होइन, व्यवसायीलाई नै एकअर्काविरुद्ध उभ्याउने प्रयास गर्नुभयो’

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का उपाध्यक्ष बासुदेव दाहालका अनुसार वार्ताका क्रममा मन्त्री पोखरेलले व्यवसायीका कुनै पनि मुख्य मागमा सकारात्मक प्रतिबद्धता जनाएनन्। त्यसैले आन्दोलनलाई थप सशक्त बनाउनुको विकल्प नरहेको उनले बताए। आन्दोलनका आगामी कार्यक्रम तय गर्न शुक्रबार विभिन्न कन्सल्टेन्सी संस्थाहरूबीच छलफल हुने उनले जानकारी दिए।

वार्तामा मन्त्री पोखरेलले विदेश पठाइएका केही विद्यार्थी समस्यामा परेर नेपाल फर्किनुपरेको भन्दै त्यस्ता घटना रोक्न धरौटी रकम, स्वीकृति शुल्क र नवीकरण शुल्कजस्ता कडा व्यवस्था आवश्यक भएको बताएका थिए।

तर व्यवसायीहरूले यदि कुनै विद्यार्थी समस्यामा परेको पुष्टि भए सम्बन्धित कन्सल्टेन्सीमाथि जस्तोसुकै कानुनी कारबाही स्वीकार गर्न तयार रहेको स्पष्ट पारे। उनीहरूले सम्पूर्ण व्यवसायलाई एउटै मापदण्डमा कठोर नियम लागू गर्नु उचित नभएको तर्क गरेका छन्।

ईक्यानका उपाध्यक्ष दाहालले वार्ताका क्रममा मन्त्रीले विवादित प्रावधानहरू व्यवसायीकै सुझावमा समावेश गरिएको दाबी गरेपछि आफूहरू झन् असन्तुष्ट बनेको बताए। “हामीलाई जुधाएर मन्त्रीज्यू उम्किन खोज्नुभयो। उहाँका कुनै पनि आश्वासनमा विश्वास गर्ने अवस्था रहेन,” उनले आरोप लगाए।

व्यवसायीहरूले ‘शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली–२०८३’ समग्रमा सकारात्मक भए पनि धरौटी रकम, स्वीकृति शुल्क र नवीकरण शुल्कलाई व्यवहारिक र व्यवसायमैत्री बनाउनुपर्ने माग दोहोर्याएका छन्।

वार्तामा ईक्यान, फेकन, एइक्यान, एरी, जालसान, नायर र नेका लगायत विभिन्न शैक्षिक परामर्श संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x