४१ उपसचिवको सरुवा, केहीलाई जिम्मेवारी फेरबदल

21
shares
Nabil bank

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ असोज २० गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका ४१ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न मन्त्रालय, विभाग, आयोग, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरकारी निकायमा कार्यरत उपसचिव तथा सो सरहका कर्मचारीलाई नयाँ जिम्मेवारी तोकिएको हो। निर्णयमा प्रशासन, शिक्षा, इन्जिनियरिङलगायत विभिन्न सेवाका कर्मचारीहरू समेटिएका छन्।

civil hospital
Hams Hospitals