चाडबाडमा पनि त्रसित छन् ऋणी, बचतकर्ताहरुको चलिरहेकै छ रुवाबासी !

145
shares
Nabil bank

 

यसपालिको बडा दशैं आइतबारदेखि शुरु हुँदैछ । दशैं नेपालीजनको सबैभन्दा ठूलो चाड हो । तर, वर्ष दिनमा एक पटक मनाउने चाड आउँदासमेत सर्वसाधारणको अनुहारमा खुशी देखिँदैन । चिन्ता, निराशा छाएको छ । यसको कारण हो–बैंक, वित्तिय संस्था । झण्डै ९५ प्रतिशत सर्वसाधारणले आफ्नो घरजग्गा, गाडी, सेयरलगायत जायजेथा धितो राखेर बैंक, वित्तिय संस्थाबाट कर्जा लिएका छन् ।

आर्थिक मन्दी, बेरोजगारी वा चर्को ब्याजदरका कारण अधिकांशले कर्जाको किस्ता तिर्न सकेका छैनन् । अनि चाडबाडको मुखमा उनीहरु घरबारविहीन हुनुपर्ने अवस्थामा पुगेका छन् । अर्कोतर्फ, बैंक, वित्तिय संस्थाका कर्मचारीले दिनरात फोन गरेर वा घरमै आएर ऋणीलाई अनेकौं धाकधम्की दिन्छन् । अधिकांश ऋणी गुनासो गर्छन्– मध्यरातिसमेत फोन गरेर वा घरमै आएर धम्क्याइन्छ । हामी त मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौं ।

यस्तै, राष्ट्रिय दैनिक पत्रपत्रिकामा पनि बैंक तथा वित्तिय संस्थाले धितो लिलामी वा कर्जा तिर्न जारी गरेको सूचना छ्यापछ्याप्ती भेटिन्छन् । सातदेखि ३५ दिने सूचना निकालिएको हुन्छ, सो अवधिभित्र कर्जा नतिरे करोडौंको धितो लाखमै लिलाम गरिन्छ । बैंक, वित्तिय संस्थाका कारण एक–दुई जना होइन, लाखौं–करोडौं सर्वसाधारण सुकुम्बासी बन्ने अवस्थामा पुगेका छन् । उनीहरुले करोडौंको धितो लाखमै गुमाउनुपरेको छ ।

जीवनस्तर उकास्न लिएको ऋणले उल्टै आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याएको छ । सर्वसाधारणलाई यो अवस्थामा पुर्याउनमा बैंक, वित्तिय संस्थाजतिकै जिम्मेवार दलाल र सरकार पनि छ । दलालीहरुले कृत्रिम रुपमा मूल्य बढाई सोझासाझा नागरिकलाई चर्को मूल्यमा घरजग्गा, गाडी र सेयर बेचे । त्यसका लागि बैंक, वित्तिय संस्थाबाट कर्जा पनि मिलाइदिए ।

दलालीबाट कमिशन खाएर वा ऋणीबाट घुस बुझी बैंक, वित्तिय संस्थाले यस्ता विलासित वस्तुमा खर्बौ कर्जा प्रवाह गरेका छन् । कर्जा रकमको १० देखि २० प्रतिशत घुस, तीन प्रतिशत सेवाशुल्क र १८ प्रतिशत ब्याज भनेर ४८ देखि ८० प्रतिशतसम्म असुलियो । ऋणीले शुरुमा तिरेपनि । तर, केही वर्षयता बढ्दो आर्थिक मन्दी, ठप्प व्यापार व्यवसाय, बेरोजगारीजस्ता कारणले अधिकांश ऋणीले बैंक, वित्तिय संस्थाको साँवाब्याज तिर्न सकेका छैनन् ।

अनि तीन किस्ता नतिर्नेबित्तिकै बैंक, वित्तिय संस्थाले करोडौंको धितो लाखमै लिलाम गर्छन् र पछिल्लो समये त्यही नै भइरहेको छ । जायजेथा गुमाउनुका साथै उल्टै तीन पुस्ता कालोसूचीमा परेपछि कतिपयले सहन नसकेर वंश नै सिध्याएर आत्महत्याको बाटो रोजिरहेका छन् । कोही चाँहि डिप्रेसनमा गएका छन् त कतिपय लुकेर, भागेर हिँडिरहेका छन् । उनीहरुले चाडपर्व मनाउन नपाएको त लामो समय भइसक्यो । यसपालि पनि ऋणी र बचतकर्ताले चाडबाड मनाउन पाउने अवस्था देखिँदैन ।

केही बैंकसहित सहकारी, लघुवित्त, फाइनान्स भाग्दा वा डुब्दा करोडौं बचतकर्ताको बिल्लीबाठ हुन पुगेको छ । उनीहरु पाँच वर्षदेखि रोइरहेका छन् । दशैं, तिहारजस्ता चाडपर्व मनाउन पाएका छैनन् । खातामा पैसा हुँदाहुँदै उपचार गराउन पाएका छैनन् । जीवनभर लगाएर जोडेको निक्षेप डुबेपछि सहन नसकेर कतिपयको ज्यानै गएको छ त कोही त डिप्रेसनमा छन् । बैंक, वित्तिय संस्थाका ऋणी र बचतकर्ताको यस्तो दयनीय अवस्था छ ।

उनीहरुका लागि दिन आउँदैन । उज्यालो हुँदैन । पैसा भएपनि मिठो खानलाउन पाएका छैनन् । छोराछोरीलाई पढाउन, कोठा भाडा तिर्न सकेका छैनन् । एकदमै नाजुक अवस्थामा पुगेका छन् । तर, सरकार भने न बैंक, वित्तिय संस्था ठगहरुलाई पक्राउ गर्छ न बचतकर्ताको निक्षेप फिर्ता दिलाउन सक्छ । बचतकर्ताको पैसा फिर्ता गर्नुपर्छ भनेर डुबेको सहकारी वा बैंकलाई समस्याग्रस्त घोषणा गर्नबाट समेत पन्छिरहेको छ, सरकार ।

मीटरब्याज पीडितहरुको पनि उस्तै हालत छ । लाखौं वा करोडौं धितो उनीहरुले पनि केही रकममै गुमाउनुपरेको छ । बैंक, वित्तिय संस्थाबाट भनसुन वा घुस नदिई कर्जा नपाएपछि मानिसहरु मीटरब्याजी कहाँ पुग्न बाध्य भए । एक लाख कर्जाको मासिक पाँचदेखि ३० हजार रुपैयाँ ब्याजमा कर्जा ल्याए । कर्जा तिर्दातिर्दै पनि उनीहरुको धितो साहु महर्जनले पचाएका छन् । चार–पाँच लाखमै उनीहरुको पचास लाख वा करोडौंको धितो गुमाएका छन् ।

न्याय माग्दै उनीहरु कहिले मधेशबाट हिँडेर काठमाडौं आइपुग्छन् त कहिले के गर्छन् । तैपनि उनीहरुले न्याय पाउन सकेका छैनन् । मीटरब्याजमा लाखौं सर्वसाधारणले कर्जा लिएका छन् । यस्तै, बैंकबाट २२ लाख, लघुवित्तबाट २७ लाख १७ हजार, सहकारीबाट ६३ लाख सर्वसाधारणले ऋण लिएका छन् । यीमध्ये ८३ लाख ६७ हजारले सेयर धितो राखेर कर्जा लिएका छन् त बाँकीले घरजग्गा, गाडी, सुनलगायत धितो राखेर ।

यसरी ऋण लिएकाहरु निदाउन नसकेको लामो समय भइसक्यो । उनीहरुलाई दिनरात एउटै डर र चिन्ताले सताउँछ त्यो हो कालोसूचीमा पर्ने र जेल जाने । पाँच लाख सर्वसाधारण त कालोसूचीमा परिसमेत सकेका छन् । उनीहरु सडकछाप अवस्थामा पुगेका छन् । बैंक, वित्तिय संस्थाबाट ऋण खाएका अरु करोडौं सर्वसाधारण पनि ढिलोचाँडो यही अवस्थामा पुग्ने देखिन्छ । किनकि घरजग्गा, गाडी, सेयर कारोबार त ठप्प छ । मूल्य जतिसुकै घटेपनि बिक्री भइरहेको छैन अनि कर्जाको साँवाब्याज त बढेको बढ्यै छ नि । कर्जा तिर्न नसकेका ऋणीलाई बैंक, वित्तिय संस्थाहरुले झन् लुट्छन् ।

पत्रपत्रिकामा कर्जा लिलामी वा ऋण तिर्न भनी सूचना निकालेबापत तिरिएको रकमसमेत ऋणीकै खातामा जोडिन्छ । धितोको बीमा र नवीकरण पनि ऋणीलाई नै गर्न लगाइएको हुन्छ । यसबापत बीमा कम्पनीबाट बैंकले कमिशन बुझ्छ । ऋणीसँग कर्जाको ८० प्रतिशतसम्म ब्याज असुल्ने बैंकले बचतकर्तालाई भने डिपोजिटको दुईदेखि तीन प्रतिशतमात्र ब्याज दिन्छ ।

बचतकर्ताको पैसामा बैंक, वित्तिय संस्थाको रजाई चल्दै आएको छ । बीचमा बसेर बचतकर्ता र ऋणी दुवैलाई लुटिरहेको छ, बैंक, वित्तिय संस्थाले । अझ केही समययता त बचतकर्ताको खाताबाटै रकम गायब भएको वा चोरिएको घटना पनि बढ्दो छन् । यस्ता कार्यमा बैंककै कर्मचारीहरुको मिलीभगतसमेत पाइएको छ । यता, नियमित समयमै किस्ता तिर्दासमेत ऋण नघट्ने गुनासो ऋणीहरु गर्छन् ।

ऋणीले किस्ताबापत तिरेको रकम बचत खातामा जम्मा गराई उल्टै पेनाल्टी, हर्जाना तिराउने गरिन्छ । बैंक, वित्तिय संस्थाहरुको यस्तो ठगीधन्दा दशकौंदेखि चलिआएको थियो । तर, केही वर्षअघि सहकारी भाग्नुभयो । कारण थियो–घरजग्गा, गाडी र सेयर । यी क्षेत्रमा आएको मन्दी र कर्जा उठाउन नसकेपछि सहकारी रातारात भाग्नुपर्यो । बैंकको पनि त कर्जा लगानी यिनै क्षेत्रमा छ । त्यसैले, ढिलोचाँडो बैंक पनि संकटमा पर्ने पक्का छ ।

यसरी अरुलाई ठग्दाठग्दै बैंक, वित्तिय संस्थाहरु आफैं टाट पल्टिनुपर्यो । बुढापाकाले भन्थे–तिर्न भनेको घिन हो । तर, सर्वसाधारणले यो कुरा नबुझ्दा चाडपर्व मनाउनबाट समेत वञ्चित हुनुपरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x