राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै, १२ काे परीक्षा हुने वा नहुने भने बारेपनि निर्णय गरिदै

13.5K
shares
Nabil bank

राष्ट्रिय परीक्षा बोर्डको आजकाे लागि बस्ने गरि तय गरिएको छ। बैठक बिहान ११ बजे बस्ने बताइएको छ।

कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्नेगरी बोर्डले तालिका सार्वजनिक गरेता पनि बढ्दै गएकाे काेराेना संक्रमणले परीक्षा अन्योलमा परेकाे हाे।

वैशाखमा हुँदै आएको कक्षा १२ को परीक्षा गत वर्षदेखि नियमित हुन सकेको छैन। यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको जोखिम फेरि उच्च हुँदै गएकाले सबै किसिमका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरे पछि के गर्ने भने बारे आजकाे बैठले निर्णय गर्नेछ।

परीक्षा निर्धारित मितिमा हुने वा नहुने यसकाे निर्णय बैठकबाट हुनेछ। कक्षा १२ लगायतका सबै परीक्षाहरु बन्द गर्ने सरकारले यसअघि नै निर्णय गरि सकेकाे छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x