राम्रो शिक्षा दिऊँ अभियान प्रभावकारी
वि.सं.२०७८ कात्तिक २ मंगलवार
shares
काठमाडौँ, कात्तिक २ गते । करिब डेढ दशकदेखि धनुषाका चारवटा स्थानीय तहमा सञ्चालित ‘निक शिक्षा दिअ’ अभियानले राम्रो प्रभाव पारेको पाइएको छ ।
यो अभियानले दलित र मुस्लिम समुदायका बालबालिकालाई विद्यालयसम्म पु¥याउन शैक्षिक सामग्री वितरण गरिरहेको छ । यसको प्रभावस्वरूप केही वडाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । लक्ष्मीनियाँ गाउँपालिकासहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा आसमान नेपालको यो परियोजना सञ्चालित छ ।
परियोजनाका टिम लिडर दिलीप यादवले कोरोना भाइरस (कोभिड–१९) महामारीको पहिलो र दोस्रो लहरमा बालबालिकाको सिकाइको निरन्तरता, मनोसामाजिक असर तथा प्रभाव कम गर्न शिक्षण सिकाइका विभिन्न विकल्प प्रयोग गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एक टोल, एक शिक्षक परिचालन गर्दै अभ्यास पुस्तिका वितरण, ‘एकले पाँच जनालाई पढाउने’ र ‘घरमे स्कुल, अभिभावक बनु शिक्षक’ अभियान र मोबाइलबाट शिक्षण तथा प्रश्नोत्तर सोध्ने, हाजिरीजवाफ प्रतियोगिता गर्ने अभियान सञ्चालन भएका थिए ।
आमा समूह, छात्रा सञ्जाल, बालक्लब गठन गरेर सामाजिक र आर्थिक रूपमा पछाडि परेर विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयसम्म पु¥याउने, विद्यालयमा पनि निरन्तर अनुगमन र विभिन्न शैक्षिक गतिविधि हुँदै आएका छन् ।
यसरी क्रियाकलाप भएपछि करिब ८० प्रतिशत विद्यार्थी नियमित रूपमा विद्यालय पुगेका र ३० प्रतिशतबाट बढेर ६० प्रतिशतसम्म शैक्षिक क्षमता बढेको आसमान नेपालको तथ्याङ्कमा उल्लेख छ । गणेशमान चारनाथ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छोटी मुखियाले लामो समयदेखि सञ्चालनमा आएको यस परियोजनाका कारण शैक्षिक गतिविधिमा राम्रो प्रभाव परेको बताउनुभयो । गाेरखापत्र दैनिकमा समाचार छ ।

































