नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपिडी हुने

1.6K
shares

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ ।

आगामी शनिवार(कात्तिक १३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा संचालन हुने भएको हो।

स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिवार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ ।

पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओपिडी सेवामा आएर लाभ लिनसक्ने डा. गिरीले जानकारी दिइन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । यो सेवा अन्तर्गत प्रत्येक शनिवार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपिडी सेवा दिनेछन् । सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ४९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

civil hospital
Hams Hospitals