प्रचण्डले भन्दा २५ वर्ष अघि गणतन्त्रकाे कुरा गरेकाे थिँए : ओली

16.3K
shares
Nabil bank

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई एमाले सिध्याउने सपना नदेख्न आग्रह गरेका छन्। मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा उनले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने दावी गरे ।

अध्यक्ष ओलीले भने, “कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ ।” नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई गणतन्त्र बिरोधी भनेको सन्दर्भ कोट्याउँदै उनले दाहालको भन्दा २५ वर्षअघि आफू गणतन्त्रको कुरा उठाउँदा जेल परेको बताए ।

“अनेक प्रकारका झुठा र भ्रमपूर्ण कुरा फैलाउनु पर्दैन, कुरु क्षेत्र बनाउने भनेर धम्क्याउनु पर्दैन, नेपाल अब शान्ति क्षेत्र, धर्म क्षेत्र हुन्छ”, अध्यक्ष ओलीले भने । सरकारमा हुँदा एमालेले असाधारण काम गरेको उहाँको भनाइ थियो । “हामीले विकासका काम थुप्रै ग-यौँ, हामीले गरेको विकास हेरे हुन्छ”, ओलीले भने ।

भक्तपुर एउटा जीवित सङ्ग्रहालय हो भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बोकेर हरेक क्षेत्रबाट विकासका आयाम फैलाउने अध्यक्ष ओलीको भनाइ थियो । एमाले राष्ट्र निर्माणको अभियानमा लागेको उनले चर्चा गरे ।

कार्यक्रममा एमालेका नेताद्वय कृष्णगोपाल श्रेष्ठ र महेश बस्नेत, वाग्मती प्रदेशसभा सदस्य शशिजंग थापा, सरस्वती वाटी, सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । राजधानी दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x