काेभिड -१९ अपडेट : २६९ संक्रमित थपिए , ५ काे मृत्यु
वि.सं.२०७८ मंसिर ३ शुक्रवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ९७२ जनाको परीक्षणमा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
काेराेनाका कारण पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । हाल देशभर ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेका छन् ।
वि.सं.२०७८ मंसिर ३ शुक्रवार १६:५१