१९ पदाधिकारी सहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै ओली

2K
shares

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दैछन् ।

यसअघि बन्दसत्रको हलले शनिवार अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो।

एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने र त्यसका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै यसअघिका संगठन विभाग प्रमुख एवं अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव बन्द सत्रमा गरेका थिए ।

त्यस क्रममा पौडेलले अध्यक्ष ओलीलाई केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूको नाम प्रस्ताव गर्ने अधिकार दिन बन्दसत्रको हलमा प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको थियो । उपाध्यक्ष भीम रावलले भने त्यो प्रस्तावको विरोध जनाएका थिए।

केन्द्रीय सदस्य र ३ वटा केन्द्रीय आयोगहरू अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य बन्दसत्रको हलमा सिफारिस गर्न ओली आज विहानदेखि नै गृहकार्यमा लागेका छन् ।

ओलीलाई नेताहरू शंकर पोखरेल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरुले सघाइरहेका छन् ।

एमालेले आज नेतृत्व चयनको काम सक्ने र सोमवार बिहान चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० गते चितवनको नारायणी नदी किनारमा उद्घाटन भएको थियो ।

civil hospital
Hams Hospitals