शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल
वि.सं.२०७८ पुस २४ शनिवार
26.8K
shares
shares
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताउनुभएको छ । शनिबार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताउनुभएको हो ।
बाल्यावस्थामा बालबालिको सर्वाङगिक विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उहाँको भनाइ छ ।
‘बाल्यावस्थामा अनुसासन, शिक्षा, र सस्कार सिकाउने कुरा हुन्छ’, उहाँले भन्नुभयो, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो।’बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरु नै अघि भएको बताउँदै पेशामा लाग्नेहरुलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । ‘तपाईंहरुका अप्ठ्याराहरु छन् मैले बुझ्छु’ उहाँले भन्नुभयो, ‘ तोकिएको तलब तथा अन्यसमस्याहरु मन्त्रालयले समाधान गर्छ ।’
मन्त्री पौडेलले बालविकासका शिक्षकहरुलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहहरुसँग समन्वय गरिरहेको बताउनुभयो । कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।
Subscribe
0 Comments
Oldest
































