कार्टर सेन्टरमा विश्व प्रकाश शर्मा !

2.9K
shares

पुराणहरुको राजा मानिएको शिघ्र मोक्षदायक ग्रन्थ भागवतको एक प्रसंगमा असामाजिक प्रवृतिकाे प्रतिनिधित्व गर्ने शिशुपालको राजनीतिक पतन भएको दृष्टान्त दिइएको छ । भागवतको एघारौ स्कन्धमा – वैरेण यं नृपतयः शिशुपाल पौण्ड्र किम ? अर्थात जगतपालक भगवान श्रीकृष्णसित समेत उदाङ्गो रुपबाट वैरभाव गरेको कारण शिशुपालको दुखदायी पतन भएको घटनाको उजागर गरिएको हाे ।

नेपालको विभिन्न राजनीतिक काल खण्डमा समेत सभ्य समाजको निर्माण हुनुपर्ने, जनताको न्यूनतम आवश्यकता हर सहज रूपबाट परिपूर्ति हुनुपर्ने राजनीतिक नैतिकता हुनुपर्ने आदि विषय वस्तुलाई नेपालकै जेठो राजनीतिक पार्टी नेपाली कांग्रेसले अगाडी सारेको थियो । सोही अनुसार देशमा प्रजातान्त्रिक परिपाटीको शुरुवात हुन्छ भने धर्म संस्कृतिकाे संरक्षण हुन्छ भने वैदेशिक ऋणको आकार सानो हुन्छ भने निर्यातमुखी अर्थनिति लागु हुन्छ।

त्यस्तै महेन्द्र राजमार्ग जस्ता ठुला अरु राजमार्ग पनि बन्छन् भने कुन्साङग काकाको पानी चुहिने छानोमा कम्तीमा पनि जस्ताको छाना लगाइन्छ भने स्वास्थ्य सेवा सर्वसुलभ बन्छ भने त्यतिबेला कांग्रेसले अगाडी सारेको नीतिलाई सहयोग गर्न मेरो घरमा कांग्रेसका जिम्मेवार नेता तथा कार्यकर्ता हरुलाई भात खुवाउने सेल्टर दिने आर्थिक रुपले गारो साँघुरो परेका कार्यकर्तालाई सापटी दिने कामहरु पनि भए ।

तर नेपालमा भएको राजनीतिक परिवर्तनले जनतालाई प्रत्यक्ष प्रभाव पार्ने गरि उपलब्धि हासिल गरेको देखिएन् तर हालै सम्पन्न १४ औ महाधिवेशन स्थानीय स्तरमा नैतिकवान व्यक्तित्व डिल्लीराम कडरिया महान कर्मयोगी भोजेन्द्र रायमाझी तथा केन्द्रीय स्तरमा विश्व प्रकाश शर्मा धनराज गुरुङ्ग जस्ता सादगी व्यक्तित्व निर्वाचित हुनुमा कांग्रेस कार्यकर्ताहरुमा सुझवुझ भएकै देखिन्छ तर नव निर्वाचित आदरणिय महामन्त्री विश्व प्रकाश शर्मालाई अमेरिकी एन जी ओ कार्टर सेटरमा संलग्नता भएको भनि बजारमा हल्ला सुनिन्छ। यसबारे महामन्त्री ज्यूले तुरन्तै आफ्नो धारणा जन समक्ष राख्नु पर्ने नै देखिन्छ ।

त्यसैगरी नैतिकवान परिवारिक पृष्ठभुमिमा हुर्कनु भएका महामन्त्री शर्मालाई एउटा जिज्ञासा यो छ की कुनै वेला मेरो घरमा भात खाएको तथा सापटी लिएको विर्सने शिशुपाल प्रकृतिकाे लफुङगो जनताद्वारा सधै पराजित कांग्रेसको आवरण मात्र भएको व्यक्तिलाई के भन्ने ?

आचार्य ‘अवको गन्तव्य’ उपन्यासका लेखक हुनुहुन्छ ।

civil hospital
Hams Hospitals