कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक

1.5K
shares
Nabil bank

 

काठमाडौं, कोरोना भाइरस (कोभिड(१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ ।

छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

यसपटकको परीक्षामा सहभागी नहुनेहरूका लागि फेरी अर्को परीक्षाको व्यवस्था नगरिने अध्यक्ष पौडेल बताउँछन् ।

कोरोनाका कारण स्थगित परीक्षा गत ९(१६ मंसिरमा सञ्चालन गरिएको थियो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited