सुटुक्क भारतसम्म बेचिन्छन् हात्ती

894
shares
national life insurances
Nabil bank

चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो – हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढे र निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन्।तर पछिल्लो समय सफारीमा प्रयोग हुने हात्ती घट्न थालेका छन्।

 

पर्यटकको संख्या घटेपछि गुपचुपमै हात्ती बेचिन थालेका हुन्। हात्ती बिक्री गर्न नियम कानुनले दिँदैन, तर सुटुक्क भारतसम्म पुर्याईन्छ ।

 

चैत ५ गते साँझपख बूढी राप्ती खोलाको पुल तरलगत्तै सौराहा जाने बाटो छेउमा एउटा ट्रक उभियो। कुनैजीव जनावर लैजान ठिक्क परेझैँ ट्रक बाटोको अग्लो ढिस्कोभन्दा सिधा तल केही गहिरो भागमा रोकिएको थियो।

 

यसो हुँदा ढिस्कोबाट जनावर ट्रकमा जान सजिलो हुन्छ । झमक्क साँझ परेपछि त्यो ट्रक आडमा एउटा अजंगको हात्ती ल्याइयो।

 

ढिस्कोबाट हात्ती ट्रकमा गयो। राति १० बजेतिर हात्ती बोके र ट्रक बाटो लाग्यो। सफारीका लागि हात्ती सञ्चालन गर्ने युनाइटेड हात्ती सञ्चालक सहकारी लिमिटेडका अध्यक्ष ऋषि तिवारीले लकडाउनपछि संस्थामा रहेकामध्ये १५ वटा हात्ती कम भएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited