बेलायत सरकारले नेपाललाई २० लाख खाेप प्रदान गर्ने
वि.सं.२०७८ जेठ ९ आइतवार
1.3K
shares
shares
बेलायतले नेपाललाई २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप प्रदान गर्ने भएकाे छ । यस सम्बन्धमा बेलायतकाे संसदमा छलफल भएकाे थियाे ।
बेलायतले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप ९ कोभिसिल्ड उपलब्ध गराउन लागेको बताइएको छ ।
यसअघि नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा पनि बेलायतको केही हिस्सा सहयोग थियो ।
बेलायती संसद्मा नेपाललाई सहयोग गर्नेबारे छलफल भएको जनाइएको छ । अब बेलायत सरकारले औपचारिक रूपमा खोप नेपाल पठाउने पक्का भएको छ । बेलायती विदेश मन्त्रालयले नेपाललाई तत्काल खोप उपलब्ध गराउने जानकारी संसद्मा दिएसँगै याे निर्णय भएकाे हाे ।
त्यस्तै नेपालमा संक्रमण बढेसँगै विभिन्न देशबाट खाेप ल्याउने पहल भई रहेकाे छ ।





























