गल्छी गाँउपालिकामा कोरोना सङ्क्रमितहरुको संख्या दिनानुदिन वृद्धि

1.1K
shares

धादिङ । जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित भएको गल्छी गाँउपालिकामा कोरोना सङ्क्रमितहरुको संख्या दिनानुदिन बढी रहेको छ।

 

स्थानीय व्यापारी लगायत अन्य मानिसहरूको लापरबाहीको कारण कोरोना सङ्क्रमित बढी रहेकाे छ। गल्छी गाउँपालिकाको वडा नं ७ बाट चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ, भने केही बिरामी घरमै उपचाररत छन्।

 

सरकारले अत्यावश्यक बाहेकका पसल नखोल्नु भने पनि प्राय सबै पसल हरेक समय खुल्ला रहेको छ। प्रहरी प्रशासन संग केही डराए जस्तो गरी प्रहरी आऊदा मात्र बन्द गरेजस्तो गर्ने र फेरि प्रहरी जानासाथ खोलिहाल्ने गरेको पाइन्छ भने यस विषयमा सम्बन्धित स्थानीय निकायले कुनै चासो दिएको छैन।

 

हिजो सम्मको गल्छी गाउँपालिका विवरण अनुसार गल्छी गाउँपालिकामा २५५ जनामा कोरोना सङ्क्रमित देखिदा ९५ जनाको निको भई १६० जना सक्रिय संक्रमित रहेका छन् भने आईसाेलेसन सात जना रहेका छन् ।

त्यस्तै समुदाय संक्रमित बढेसँगै प्रशासनले थप कडाइ गरेपनि स्थानीयहरुकाे लापरबाहीले संक्रमण बढदै गएकाे छ ।

 

civil hospital
Hams Hospitals