गाैतमलाई स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारीबाट हटाइयाे

Ghorahi cement

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रा.डा जागेश्वर गौतमलाई प्रवक्ताकाे जिम्मेवारीबाट हटाइएको छ ।

सोमबारको मन्त्रिस्तरीय निर्णयबाट गौतमलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको हो ।

 

यसअघि गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको बताइएको छ ।

 

गौतमको ठाउँमा कसलाई मन्त्रालयको नयाँ प्रवक्ताकाे जिम्मेवारी दिने भने तोकिएको छैन ।

Shangri-la Development Bank Ltd.
Nepali patro