बस्नेतकाे सहयाेगमा जिल्लाका १२ वटै स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री प्रदान

2K
shares

सिन्धुपाल्चोक। पुर्व सुचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जिल्लाका १२ वटै स्थानीय तहका प्रत्येक वडामा १००० पिसको दरले मास्क वितरण गरेका छन्।

 

सिन्धुपाल्चोक क्षेत्र नं २ का सबै वडाहरुमा ,स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गर्दै कांग्रेस खेलकुद विभाग प्रमुखसमेत रहनुभएका नेता बस्नेतले कसैको पनि मास्क र अक्सिजन नपाएर ज्यान जाने अवस्था आउन नदिने समेत बताए ।

 

त्यस्तै क्रमशः क्षेत्र नं २ का सबै वडा , इन्द्रावती गाउँपालिकाका वडा मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका स्थानीय पार्टी प्रतिनिधी तथा जनप्रतिनिधीलाई मेलम्ची बजारमा स्वास्थ्य सामाग्री प्रदान गरिएको थियाे ।

त्यस्तै हेलम्बुका स्थानीय प्रतिनिधिहरुलाई मास्क बितरण गरिएको नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सचिव वासुदेव अधिकारीले बताए।

 

काेभिड संक्रमित जिल्लामा बढेसँगै बस्नेतकाे सक्रियतामा जिल्लामा विभिन्न स्थानहरुमा स्वास्थ्य प्रदान गरिदै आएको छ ।

civil hospital
Hams Hospitals