गतदुई सातामा विदेशमा (काेभिड १९) का कारण मुत्यु हुनेकाे संख्या ४१ पुग्याे
वि.सं.२०७८ जेठ ११ मंगलवार
1.1K
shares
shares
काठमाडौँ । (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा रहेका थप ४१ जना नेपालीहरुले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ र पोर्चुगलमा १ जना सहित जम्मा ४१ जनाकाे भाइरसका कारणले ज्यान गएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हाल सम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ, भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली सक्रमण मुक्त भएका छन् ।






























