तिपेनी बजारमा १५ शैयाकाे बेड भएकाे अस्पतालकाे निर्माण सम्पन्न

अस्पताललाई अस्थायी काेभिड अस्पतालकाे रुपमा सञ्चालनमा ल्याइने

2K
shares

सिन्धुपाल्चोक।जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ७ तिपेनी बजारमा १५ शैयाकाे बेड भएकाे अस्पतालकाे निर्माण सम्पन्न भएकाे छ ।

१५ शैयाकाे अस्पताल तयार भएको र उक्त अस्पताललाई कोभिड अस्थायी अस्पतालका रूपमा प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको पहलमा अस्पताल निर्माण भएको हो । ‘यो अस्पताल निर्माणमा सहयोग गर्नुहुने पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाललाई हामी विशेष धन्यवाद दिन चाहान्छौ, पालिका अध्यक्ष लामा भने ।

त्यस्तै समुदायमा संक्रमितकाे संख्यामा वृद्धि हुदा अस्पताल निर्माणले थप टेवा पुगेकाे स्थानीयहरुको भनाई छ । जिल्लामा यति बेला काेभिड अस्पतालकाे अभावले संक्रमितहरुकाे उपचारमा समस्या भई रहेकाे छ । यस्तो अवस्थामा अस्पताल निर्माण हुदाँ संक्रमणबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिने लामाकाे भनाई छ।

 

पालिकामा हालसम्म २८ जना पुरुष र २२ जना महिला गरी जम्मा ५० जना सं क्रमण पुष्टि भएको छ । जसमा ४२ जना होम आईसोलेसनमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

पालिकाको सबैभन्दा लागँर्चे र भोटेलाम्लाङमा १६/१६ जना संक्रमित छन् । त्यसैगरि थाङपालकोटमा १०, भोटेनाम्लाङमा ५ जना, बासखर्क, गुन्सा र थाङपालकोटमा १/१ जना संक्रमित छन् भने बरूवामा अहिलेसम्म एकजनामा पनि संक्रमण नदेखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

पालिकाले मानेखर्क र तिपेनीमा आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । मानेखर्क आईसोलेसनमा ४ जना छन् ,भने तिपेनी आईसोलेसनमा एक जना पनि कोरोना संक्रमित छैनन् ।

पालिकाले थप उपचारका लागि ३ जना अन्यत्र रिफर गरेको छ । हालसम्म ८३ जनाको पीसीआर परीक्षण गरिएको छ । ४५ जनाको एन्टिजेन गरिएको छ । पालिकामा कोरोना भाईरसको दोस्रो लहर अन्तर्गत अहिलेसम्म कुनै पनि संक्रमित मृत्यु भएको छैन् ।

civil hospital
Hams Hospitals