कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज ललितपुरमा भाेलि बाट लगाइदै

16K
shares
Nabil bank

काठमाडौँ।स्वास्थ्य कार्यालय ललितपुरले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज भाेलि बाट लगाउदै छ ।

यसअघि छुटेका अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्यमा याे खाेप भाेलिबाट लगाईने भएकाे छ ।

 

जिल्ला खोप समन्वय समिति ललितपुरको मंगलबार बसेको बैठकले फागुन २३ गते अगाडि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो डोज लगाउन छुट भएकालाई खोप दिने निर्णय गरेको हो ।

 

अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने सुरक्षाकर्मीहरुलाई जेठ १२ गते बिहान १० बजेदेखि ललितपुरस्थित महानगरीय प्रहरी वृत्त जाउलाखेलमा यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थानका कर्मचारीहरुलाई जेठ १३ र १४ गते स्वास्थ्य कार्यालय ललितपुरमा बिहान १० बजेदेखि खोप लगाउने व्यवस्था मिलाइएको  जिल्ला खोप समन्वय समिति ललितपुरले जानकारी दिएकाे छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x