बस्नेतकाे सक्रियतामा जिल्लामा दुई अस्पताल सञ्चालनमा

1.1K
shares

सिन्धुपाल्चोक । पूर्वमन्त्री मोहन बहादुर बस्नेतले खाडिचौरको सिन्धु सदावहार अस्पतालमा ५० बेडको अस्पतालको उद्घाटन गरेका छन्।

बस्नेतले सुनकोसी गाउँपालिका र सिलंखु गाउँपालिकाले सञ्चालनमा ल्याएको २५ बेडको कोभिड उपचार केन्द्र र आफैले सञ्चालनमा ल्याएको २५ बेडको गरी ५० बेडको कोभिड उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

 

जिल्लामा १ महिनाभित्र १ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता अनुसार बस्नेतले आज सिन्धु सदावहारमा २५ र चाकुमा १३ गरी ३७ बेडको कोभिड उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था समेत मिलाइएको छ । अहिले सिन्धु सदावहारका स्वास्थ्यकर्मीबाटै कोभिड उपचार केन्द्र सञ्चालन गर्ने बताए । तर आवश्यक अनुसार चिकित्सकसमेतको व्यवस्था गर्ने बस्नेतले बताए ।

 

यस्तै बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १० वटा बेड र १० वटा अक्सिजन दिने प्रतिवद्धता जनाएका छन् । आवश्यकता अनुसार अन्य ठाउँमा पनि बेडसहित कोभिड उपचार केन्द्र स्थापना गर्ने उनको लक्ष्य छ । बस्नेतकाे सक्रियतामा जिल्लाका विभिन्न स्थानीय तहहरुमा र स्वास्थ्य संस्थामा यसअघि विभिन्न स्वास्थ्य सामग्री वितरण गरेकाे थियाे ।

civil hospital
Hams Hospitals