आज २५६५ औं बुद्ध जयन्ती मनाईंदै
वि.सं.२०७८ जेठ १२ बुधवार
shares
आज विश्वका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती मनाईन्छ ।
तर यस वर्ष महामारीको बिच बुद्धकाे जन्मस्थल लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ ।
गत बर्षपनि महामारीकै बिच बुद्ध जयन्ती मनाइएकाे थियो । तर यस बर्ष पनि महामारी नै रहेकाेले सामान्य रुपमा मनाउन प्रशासनले लुम्बिनी विकास कोषलाई आग्रह गरेकाे छ ।
बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा उपस्थित हुने र कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश वाचन र परित्राण पाठ तथा साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरि यसबर्षकाे बुद्ध जयन्ती मनाउने लुम्बिनी बिकास काेष भनाई छ ।




























