आज चन्द्रग्रहण लाग्ने, चन्द्रग्रहणकाे छायाँ नेपालबाट नदेखिने
वि.सं.२०७८ जेठ १२ बुधवार
2.4K
shares
shares
काठमाडौँ। वैशाख शुक्ल पूर्णिमा (आज) लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट देखिने छैन् । जसका कारण सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो । यस्तो छाया दुई प्रकारका हुन्छन् जुन सघन तथा विरल हुन् । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता रहेकाले ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद् समेत रहेका समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । सूतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ ।






























