छैनन् ,आइसियु र भेन्टिलेटर हालसम्म जिल्लामा संक्रमणबाट १६ काे मृत्यु

Ghorahi cement

सिन्धुपाल्चोक।जिल्लामा हालसम्म काेभिड संक्रमणबाट मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ । थप एकैदिन ३ सय ४० नयाँ संक्रमित थपिएका छन् ।

 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमित हुनेहरुमा चाैतारा साँगाचोकगढीका ११४, सुनकाेसीका ११८, इन्द्रावतीका १, हेलम्बुका ४, मेलम्चीका २७, लिसखुपाखरका २४, बाह्रबिसे ३१ र पाँचपोखरी २१ गरि जम्मा ३ सय ४० जना रहेका छन् ।

 

हालसम्म जिल्लामा संक्रमितको संख्या २१ सय पुगेको छ। अहिले जिल्ला स्वास्थ्य कार्यालयले अक्सिजन दिनुपर्ने संक्रमितलाई मात्र स्वास्थ्य संस्थामा राख्ने बताएकाे छ । यति बेला ४१ संक्रमित मात्र संस्थाकाे आइसाेलाेसन रहेका छन् । थप बाँकी १६ सय ५१ हाेम आइसाेलाेसनमा छन् ।

 

पछिल्लो समयमा संक्रमण बढेपनि जिल्लामा आइसियू र भेन्टिलेटर नहुँदा थप समस्या सिर्जना भएकाे छ। अधिकांश संक्रमित आइसियु र भेन्टिलेटरमा उपचार नपाएर ज्यान गुमाएका छन् । हालसम्म ३ सय २० जना संक्रमित काेराेना मुक्त भएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro