१२ हाइड्रोपावर आइपिओ अनुमतिको पर्खाइमा

2.6K
shares

काठमाडौँ।आईपीओमा लगानीकर्ताको आकर्षण दिन प्रतिदिन बढ्दाे छ। पछिल्ला समयमा निष्काशन भएका आईपीओमा लाखौँको संख्यामा आवेदक पर्ने गरेकाे छ ।

 

पछिल्लोपटक खुलेको ज्योति लाइफ इन्स्योरेन्स, निफ्रा, महिला लघुवित्त देखि सिंगटी हाइड्रोको आईपीओमा कीर्तिमानी संख्याका सर्वसाधारण लगानीकर्ताबाट आवेदन थियाे ।

 

यद्यपि, यो संख्या लगानी गर्न योग्य आर्थात् डिम्याट खाता खोलेका लगानीकर्ताको करिब ६५ प्रतिशत मात्र हो । यसको अर्थ अझै शेयर कारोबारकै लागि भनेर डिम्याट खाता खोलेका ३५ प्रतिशतभन्दा बढीले आइपिओमा लगानी गरेका छैनन् ।

१२ हाइड्रोपावर र डिस मेडिया नेटवर्कको गरी १६ कम्पनीको आइपिओ अनुमतिको पर्खाइमा रहेका छन् । निकट भविष्यमै प्राथमिक बजारमा १६ कम्पनीका करिब ५ करोड ५६ लाख कित्ता आइपिओ निष्कासन गर्दै छन्। यसमध्ये सर्वसाधारणको प्रमुख रोजाइमा पर्ने गरेका लघुवित्त कम्पनी ३ वटा छन् ।

 

दुई लघुवित्त संस्था आईपीओ निष्काशनकाे अनुमति लिने तयारीमा छन् । जसमा –

१.नेष्डो समृद्ध लघुवित्त वित्तीय

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा ८ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।

लघुवित्तले वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

 

संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनीले आईपीओ जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

 

२.जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

civil hospital
Hams Hospitals