भारतीय नम्बरप्लेटका ट्रकको ठक्करबाट एककाे मुत्यु

1.3K
shares

नवलपुर‌। नवलपुरमा भारतीय नम्वरप्लेटको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षका दशरथ गुप्ता रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

ठक्करबाट गम्भीर घाइते गुप्ताको बुधबार उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिएका छन ।

गुप्तालाई ठक्कर दिने ट्रकका चालक भारतीय नागरिक ४० वर्षका अरविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

civil hospital
Hams Hospitals