भारतमा पछिल्लो २४ घण्टामा फेरि संक्रमित सख्यामा वृद्धि

3.2K
shares

भारतमा पछिल्लो २४ घण्टामा फेरि संक्रमित सख्यामा वृद्धि भएकाे छ । पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन्,भने यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको हुदाँ थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ।

 

यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला पर्दा संक्रमितकाे संख्या कमी आउने आँकलन गरिएकाे थियाे । तर २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।

 

नयाँ संक्रमित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्रमितको संख्यामा थप सुधार आएकाे छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्रमित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी पाइएको छ ।

 

भारतमा हालसम्म २.७३ करोड मानिस संक्रमित भइसकेका छन् भने यसमध्ये २.४६ करोड निको पनि भएका छन् । मृतकको संख्या ३.११ लाख रहेको छ ।

 

 

civil hospital
Hams Hospitals