चीनमा धुम्रपानसँग सम्बन्धित राेगका कारण हरेक बर्षमा १० लाख भन्दा बढीकाे मृत्यु
वि.सं.२०७८ जेठ १३ बिहीवार
2.4K
shares
shares
चीनमा हरेक वर्ष धुम्रपानसँग सम्बन्धित राेगका कारण १० लाखभन्दा बढीकाे ज्यान जाने गरेको एक नयाँ अध्ययनले देखाएको छ।
यस्तै यहि गति कायम रहेमा २०३० सम्ममा धुम्रपानका कारण ज्यान गुमाउनेको संख्यामा दुईगुणाले वृद्धि हुन् सक्ने चेतावनी समेत विज्ञहरुले दिएका छन् ।
संसारमै सबैभन्दा बढी धुम्रपान गर्ने चिनियाँ नागरिक हुन्। त्यहाँ ३५ करोडभन्दा बढीमा धुम्रपानको आदत छ। चीन र डब्ल्यूएचओले संयुक्त रुपमा नयाँ रिपोर्ट जारी गरेका हुन्।






























