नेपालमा काेराेना संक्रमण र मृत्यु हुने दर घट्दै
वि.सं.२०७८ जेठ १३ बिहीवार
2.1K
shares
shares
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट संक्रमित हुने र मृत्यु हुने दुबैको संख्या घटेको देखिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६,९३९ जना नयाँ संक्रमित थपिएका छन । त्यस्तै मृत्यु हुनेमा १०६ जना रहेका छन् , भने संक्रमण मुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।
नेपालमा कूल संक्रमितको संख्या हालसम्म ५ लाख ४२ हजार २५६ पुगेको छ। हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।





























