धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या
वि.सं.२०७८ जेठ १३ बिहीवार
3.7K
shares
shares
नेपालगञ्ज । बाँकेको कोहलपुर निवासी बाबु ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १९ वर्षीय छोरा पोषणलाई गएराति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
निहुरिएर नुवाइरहेका बेला छोरामाथि पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
हतियार प्रहार गरी छाेराकाे हत्या गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै पक्राउ थप अनुसन्धान गरि रहेकाे छ ।






























