ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष न्याैपानेकाे कोरोना संक्रमणबाट निधन
वि.सं.२०७८ जेठ १४ शुक्रवार
1.5K
shares
shares
काठमाडौं।ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको छ।
५० वर्षीय न्यौपानेको उपचारका क्रममा आज बिहान विराटनगरस्थित विराट शिक्षण अस्पतालमा निधन भएको हो । न्यौपाने सप्तकोशी एफएम इटहरी र स्काई एफएम विराटनगरका निर्देशक तथा विज्ञापन बाेर्डकाे सदस्य समेत थिए ।
कोरोना संक्रमण भएको केही दिन होम आइसोलेसनमा रहेका न्याैपानेकाे फोक्सोमा समस्या भएपछि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो। केहि अघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।






























