बेलायतले प्रदान गरेकाे स्वास्थ्य साम्रागी नेपाल आइपुग्याे
वि.सं.२०७८ जेठ १४ शुक्रवार
1.4K
shares
shares
काठमाडौँ। बेलायत सरकारले नेपालका लागि कोरोना भाइरसविरूद्ध लड्न विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ।
बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्।
त्यस्तै मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए । जवाफमा राजदूत पोलिटे बेलायतको तर्फबाट सहयोग नेपालमा लागि जारी रहने समेत बताए।
बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन्। सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याएकाे छ ।






























