पौडेललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी
वि.सं.२०७८ जेठ १४ शुक्रवार
1.4K
shares
shares
काठमाडौं।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
यसअघिका मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम थिए। उनलाई यसअघि कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेपछि रिक्त रहेकाे प्रवक्ता पदमा मन्त्रालयले पौडेललाई शुक्रबारदेखि जिम्मेवारी दिएको हो।






























