उपत्यकामा जेठ २० बाट निषेधाज्ञा थप सहज बनाउने तयारी, स्वास्थ्य मापदण्ड भने कडाईका साथ पालना गर्नुपर्ने

1.4K
shares

काठमाडौं ।काेभिड नियन्त्रणका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञा आज एक महिना पुगेकाे छ। एक महिनाकाे समयअवधिमा सक्रमण दर उच्च हुदै बिस्तारै घट्दै जाने क्रममा छ।

तरपनि जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ । निषेधाज्ञा अब २० गतेबाट खुल्ने तथा यथावत राख्ने आझै अन्याेल नै छ । एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा छ । जुन सकारात्मक संकेत हाे । अब निषेधाज्ञा २० गतेबाट थप खुकुलो बनाउने संकेत देखिएको छ ।

“वैशाख २० गतेदेखि जेठको पहिलो सातासम्म देशकाे अवस्था निकै भयावह थियो । अक्सिजन, बेड, अस्पताल, स्वास्थ्य सुविधा नपाउने स्थिति थियो,तर त्याे अवस्था अहिले बिस्तारै हटेर जाने क्रममा छ ।”काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन् । तर अझैपनि महामारीकाे अन्त्य भई नसकेकाले थप स्वास्थ्य सुरक्षा अपनाउन आवश्यक रहेकाे पराजुलीले बताए।

उपत्यकामा पनि हाल संक्रमणको दर घट्दै गएको छ । यस्तो अवस्थामा देशकाे आर्थिक अवस्थालाई चलायमान बनाउन विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअ पराजुली सहमत सकारात्मक देखिन्छन ।

जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।

निषेधाज्ञा जारी राखेरै स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सहज बनाउनेतर्फ आफूहरु सकारात्मक रहेको पराजुली बताउँछन् । निषेधाज्ञा मात्र महामारी नियन्त्रणकाे विकल्प नरहेकाे यति बेला आम जनताहरुकाे समेत भनाई छ ।

civil hospital
Hams Hospitals