अमेरिकामा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएकाहरुले अब हलमा माक्स लगाउन नपर्ने

1.2K
shares

एजेन्सी।अमेरिकामा कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएकाहरुले अब हलहरुमा जाँदा मास्क लगाउन नपर्ने भएको छ।

 

शुक्रबार अपडेटेड गाइडलाइन जारी गर्दै संयुक्त राज्यका तीन मुख्य सिनेमा घर चेनहरुमा नयाँ नियम लागु गरिएको हो । एमसी इन्टरटेन्मेन्ट, सिनेमार्क र रिगल सिनेमाका चेनहरुमा शुक्रबारदेखि नयाँ निमय लागु गरिएको हो । उनीहरुले आ–आफ्नो वेबसाइटमा पूर्ण खोप लगाउन बाँकी रहेकाहरुलाई भने मास्क लगाइराख्न र सुरक्षाका अन्य निर्देशनहरु पालना गर्न आग्रह गरेका छन् ।

 

“सीडीसी दिशा निर्देश अनुरुप पूर्ण खोप लगाइएका अतिथिहरुका लागि मास्कको आवश्यक पर्दैन,” वेबसाइटमा उल्लेख छ, “यदि, तपाईँले पूर्ण खोप लगाउनुभएको छैन भने पेयपदार्थ र खानाको आनन्द लिँदाबाहेक हलमा हुँदा अनिवार्य रुपमा मास्क लगाउन हामी तपाईँलाई अनुरोध गर्दछौँ ।”

 

महामारीले लामो समय बन्द र थोरै मात्रामा नयाँ चलचित्रहरु रिलिज हुँदाहुँदै पनि अमेरिकामा हलमा चलचित्र हेर्न जाने क्रम जारी छ । गत हप्ता मात्रै चलचित्र स्टुडियो र हल चेनहरुले ‘बिग स्क्रिन इज ब्याक’ अभियान सुरु गर्दै नयाँ फास्ट एन्ड फ्युरियुस र सुपरहिरो चलचित्र ‘ब्लाक विडो’ हल रिलिज गरेका हुन् ।

 

यसका साथै हलिउड स्टुडियोहरुले यो हप्ता रिलिज भएका दुई मुख्य चलचित्रहरु ‘कृ्रएला’ र थ्रिलर ‘ए क्उइट प्लेस पार्ट २’को बक्स अफिस प्राप्तिहरुलाई राम्रोसँग नियालिरहेका छन् ।

civil hospital
Hams Hospitals