राजेन्द्र महतो लगायत मन्त्री बन्दै, जसपाको भागमा ८ मन्त्री र २ राज्यमन्त्री!
वि.सं.२०७८ जेठ १७ सोमवार
1.4K
shares
shares
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्त ठाकुरबीच ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने सहमति भएको जनाइएको छ।
८ मन्त्री र २ राज्यमन्त्री लिएर जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको हो।
जसपाबाट राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमल श्रीवास्तव र एकवाल मिया मन्त्री बन्ने पक्का भएको छ।
रेणुका गुरुङ, चन्द्रकान्त चौधरीलाई राज्यमन्त्री बनाउने विषयमा छलफल जारी रहेको बताइएको छ।



























