सिन्धुपाल्चोकमा काेभिडबाट थप दुईकाे मृत्यु
वि.सं.२०७८ जेठ १८ मंगलवार
shares
सिन्धुपाल्चोक। जिल्लामा आज काेभिड संक्रमणबाट थप २ काे मृत्यु भएकाे छ। आज जिल्लामा १८० जनामा संक्रमण पुष्टि भएको छ, जसमा ९१ महिला र ८९ पुरुषमा रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार चौतारा साँगाचोकगढी न.पा. ६३, पाँचपोखरीमा गा.पा. ७, बलेफिमा गा.पा. मा १, बाह्रबिसेमा न.पा. ६, भोटेकाशी गा.पा. २, मेलम्ची न.पा. १, लिसंखुपाखर गा.पा. ८०, सुनकोसी गा.पा. १, हेलम्बु गा.पा. ३ र ठेगाना नखेलेका १८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगैं जिल्लामा संक्रमितको संख्या २३ सय ३४ पुगेको छ ।
साथै जिल्लामा आज दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ। मेलम्ची नगरपालिका र चौतारासाँगाचोकगढीका दुई पुरुषको संक्रमणका कारण मृत्यु भएको हो । यो सँगैं कोरोनाको दोस्रो लहरमा २२ जनाले ज्यान गुमाएका छन् ।
यो समयमा सिन्धुपाल्चोक जिल्लामा पुर्ण रुपमा लकडाउन छ।संक्रमित बढे संगै जिल्लाको विभिन्न क्षेत्रमा आइसोलेसन वार्ड निर्माण गर्ने र गाउँ गाउँ मा सुरक्षा सतर्कता अपनाउदै स्वास्थ सामाग्री बितरण गर्ने कार्य पनि तिब्र रुपमा भैरहेको छ।





























