ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय खारेज गर्न प्रचण्डको माग
वि.सं.२०७८ जेठ १९ बुधवार
2.1K
shares
shares
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ढुंगा, गिट्टी, बालुवा निकसी गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेका छन् ।
सरकारले अध्यादेशमार्फत ल्याएको बजेरमा व्यापार घाटा कम गर्ने भन्दै तराईबाट ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने जनाएको थियो ।
प्रचण्डले असंवैधनिक सरकारले कुर्सी बचाउन र तराईलाई मरुभूमीकरण गर्न लागेको आरोप लगाएका छन् । उनले राष्ट्र र जनबिरोधी सरकार भन्दै तत्काल निर्णय खारेज गर्न माग गरका छन् ।
अर्थमन्त्री पौडेलले बजेट किताबको १९९ नम्बर बुँदामा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने उल्लेख गरेका छन् । सरकारको यो घोषणालाई वातावरणविद् र चुरे क्षेत्रका सरोकारवालाहरुले विरोध गरिरहेका छन् ।



























