आइसाेलेशन बसेकाे भवनकाे तेस्रो तल्लाबाट हाम फाल्दा सिन्धुपाल्चोकमा एककाे मृत्यु

1.2K
shares

सिन्धुपाल्चोक। जिल्ला जुगल गाँउपालिका – ५ स्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालित आईसोलेशनमा रहेका एक व्यक्तिले तेस्रो तल्लाबाट हाम फालेर आत्महत्या गरेका छन्। कोरोना संक्रमण पुष्टि भई सामान्य स्वास्थ अवस्था भएका ती व्यक्ति आईसोलेशन भवनको केहि दिन अगाडिबाट बसेका थिए ।

जिल्लाकै बलेफी गाँउपालिका ६ का ५३ वर्षीय रत्नबहादेर तामाङले आईसोलेश भवनको तेस्रो तल्लाबाट हाम फाली आत्महत्या प्रयास गरेको आईसोलेशन व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले बताए ।

गत जेठ १७ गतेदेखि उपचारको लागि केन्द्रमा आएका तामाङले राति करिब १ बजे भवनको तेस्रो तल्लाबाट हाम फालेका र केन्द्रमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले उद्दार गरि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्युु भएको हो।

सामान्य अवस्थामा उपचाररत तामाङले रातको समयमा झ्यालबाट हाम फाली आत्महत्या प्रयास गरेको र उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जुगल गाँउपालिकाद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।

उनले किन आत्महत्या गरे भन्ने स्पष्ट कारण भने पत्ता लाग्न सकेको छैन, प्रहरी अनुसन्धानमा लागिरहेको छ।

civil hospital
Hams Hospitals