आज ६ हजार ६५३ संक्रमित, ८ हजार ६६३ सक्रमण मुक्त,१०१ जनाकाे मृत्यु
वि.सं.२०७८ जेठ २१ शुक्रवार
1.3K
shares
shares
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
२० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो।
यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् भने थप १०१ जनाले ज्यान गुमाएका छन्।
आज देशभर थपिएका मध्ये उपत्यकाका संक्रमित बढी छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन्।





























