बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनु:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
वि.सं.२०७८ जेठ २१ शुक्रवार
shares
काठमाडौं ।काेभिड संक्रमण राेकथाम तथा नियन्त्रणका लागि अहिले मुलुकमा लकडाउन जारी छ। हाल देशमा संक्रमण दर बिस्तारै घट्दै क्रममा छ।यस बिचमा सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी अस्पतालहरुमा २० प्रतिशत बेड बालबालिकाहरु छुट्याउन निर्देशन दिएका हुन् ।
कोरोना महामारीको पहिलो र दोस्रो लहरमा जेष्ठ र युवा बढी संक्रमित भए। अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने उपाध्यायले बताए ।
मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ ।
कोभिड–१९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै मन्त्रालयले सबैको मिहिनेतले संक्रमणकाे अवस्थामा नियन्त्रण भित्र नै रहेकाे जानकारी दिएकाे छ।
हेर्नुहोस् विज्ञप्ति





























