एमालेका ४ जना बाहेक सबै मन्त्री हटाईंदै, कसकसले कुन मन्त्रालय सम्हाल्ने

1K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद् पुर्नःगठन गर्न लागका छन।

एमालेका ४ जनाबाहेक सबै मन्त्रीलाई प्रधानमन्त्री ओलीले पदमुक्त गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ।

अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन्।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संगठन विभाग प्रमुखसमेत रहेका पौडेललाई पहिलो वरीयताको उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा निरन्तरता दिन लागेका हुन्।

जसपाको महन्थ ठाकुर समूह सरकारमा सामेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।

यस्तै, सरकारमा सहभागि हुन आउने जसपा नेता राजेन्द्र महतोलाई शहरी विकास तथा उपप्रधानमन्त्री र रघुबीर महासेठलाई परराष्ट्रसहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ।

civil hospital
Hams Hospitals