भारतकाे जम्मु कश्मिरमा १२४ बर्षीया महिलाले लगाइन काेराेना खाेप
वि.सं.२०७८ जेठ २२ शनिवार
2.7K
shares
shares
एजेन्सी । भारतको जम्मू कश्मीरमा १२४ वर्षीया महिलाले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छिन्।
जम्मू कश्मिरको बारामूलाकी रेहती बेगम सम्भवतः सबैभन्दा बढी उमेरमा कोरोनाको खोप लगाउने विश्वकै पहिलो महिला हुन्।
ती महिलामा खोपको प्रयोगबाट साइड इफेक्ट सामान्य मात्र देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा यति बेला सक्रमण दर बढेकाले खाेप अभियानलाई तिब्रता दिइएको छ।




























