भारतमा काेराेना संक्रमणकाे दर घट्दै
वि.सं.२०७८ जेठ २२ शनिवार
1.3K
shares
shares
Photo By: Haryana, July 04 (ANI): A health worker collects swab sample for Covid-19 rapid antigen testing, at Community Centre, Bhim Nagar, in Gurugram on Saturday. (ANI Photo)
एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बिस्तारै घट्दै छ।
पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि भारतमा एकैदिन १ लाख ५२ हजार ७३४ जना संक्रमित फेला परेका थिए । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४४ हजार १०१ पुगेको छ । यस्तै २ करोड ६७ लाख ८७ हजार १३० कोरोना संक्रमित निको भइसकेका छन।
भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।




























