आज विश्व वातावरण दिवस मनाईंदै

1.9K
shares

काठमाडौँ । वातावरण संरक्षणका पहलको वकालत गर्दै आज विश्व वातावरण दिवस मनाईँदै छ । नेपालमा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

कोरोना भाइरसको महामारीका कारण धेरै कार्यक्रम हुने छैनन् । भर्चुअल रुपमा विभिन्न क्षेत्रले दिवसको अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गर्दै छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।

मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ ।

civil hospital
Hams Hospitals