सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा १०७ जना संक्रमित,एककाे मृत्यु

1.1K
shares

सिन्धुपाल्चोक।पछिल्लाे २४ घण्टामा जिल्लामा थप १०७ जना संक्रमित पुष्टि भएको छ । साेहि समयअवधिमा एक जनाकाे मृत्यु भएकाे छ।

चौतारा साँगाचोकगढी नगरपालिका ६ इर्खुका ४७ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चौतारा साँगाचोकगढीका ५७, जुगल गाउँपालिकाका ३७ र भोटेकोसी गाउँपालिकाका १३ गरी १०७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै सिन्धुपाल्चोकमा संक्रमितको संख्या ३२ सय ३६ पुगेको छ ।

यो सँगै जिल्लामा संक्रमणबाट मर्नेको संख्या २७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २५ सय ८६ रहेका छन्।अहिलेसम्म ६३२ जना कोरोना मुक्त भई सकेका छन्।

civil hospital
Hams Hospitals