बाँदरमुढे घटनाको १६ वर्ष , पीडितले न्याय कहिले पाउॅंछन ?

1.1K
shares

काठमाडौं । अहिले चितवनको दक्षिणी क्षेत्र माडीको बाँदरमुढेमा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको आज १६ बर्ष पुगेको छ । सो यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी घाइते भएकाहरुले अहिलेसम्म उचित न्याय पाउन सकेका छैनन् ।

 

बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिले पटक पटक न्यायका लागि पहल गरेपनि प्रतिबद्धता अनुसारको काम नभएको गुनासो गर्दै आइरहेका छन् । घटना भएको आज १६ बर्ष पूरा भएपनि न्याय पाउन नसकेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका छन् ।

 

तत्कालीन माओवादीको नेतृत्व सम्हालेका पुष्पकमल दाहाल प्रचण्ड त्यस क्षेत्रको सांसदसमेत रहिसकेका छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसंग गरेका सहमती अझै कार्यान्वयन हुन सकेको छैन ।

 

मृतकका आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई पढाइदिने सहमती भएको थियो ।

 

विसं २०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना २ ख ३२४५ नंबरको बसमा तत्कालिन विद्रोही माओवादीले बम विस्फोट गराएका थिए ।

civil hospital
Hams Hospitals