शपथ नै खान नपाई मन्त्रिपद चैट

1.2K
shares

काठमाडौ ।पछिल्लो समय मन्त्रीबाट हट्नुअघिसम्म प्रधानमन्त्री केपी ओलीले क्याबिनेटका कुनैपनि सहकर्मीलाई तत्काल जिम्मेवारीबाट हटाइने कुरोको छनकसमेत नदिएको पाइएको छ । स्रोत भन्छ ‘कसैलाई पनि यस्तो अवस्था पर्यो, तपाईंलाई जिम्मेवारीबाट हटाउन लागेँ,आजसम्मको साथका लागि धन्यवाद भनेर जानकारी गराइएको थिएन। क्याबिनेटमा पहिलो पटक मन्त्री भएका जति सबैलाई हटाउने गाईंगुईं मात्रै चलेको थियो ।

 

त्यसमा पनि भर्खरै मन्त्री बनेका सुदूर पश्चिमे गणेश ठगुन्ना (सामान्य प्रशासन) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुन: नियुक्त भएका गौरीशंकर चौधरीको मन्त्री पद शपथ नै खान नपाई चट भएको छ ।

 

मन्त्री पदमा पुन: नियुक्त भएका उनले कोरोना संक्रमित भएका कारण होम आइसोलेसनमा रहेकाले शपथ खान पाएका थिएनन् । सामान्य प्रशासन मन्त्री ठगुन्नाले दोस्रो पटकको शपथ ग्रहणसमेत गर्न पाएका थिएनन् । अघिल्लो पटकको सपथ ग्रहणका समयमा ठगुन्ना कोरोनाको कारण सिभिल अस्पतालमा १८ दिनसम्म रहे । त्यहि क्रममा बुधबार डिस्चार्ज भएर आराम गरिरहेका थिए ।

civil hospital
Hams Hospitals