प्रधानमन्त्री ओलीको प्रस्ताव : हस्ताक्षर फिर्ता लिऔं, एमालेलाई जेठ ३ अघि फर्काउछु
वि.सं.२०७८ जेठ २३ आइतवार
shares
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र एकताका लागी ६ बुंदे प्रस्ताव अघि सारेका छन।
माधव नेपाल, झलनाथ खनाल पक्षले एकताका लागि प्रधानमन्त्री ओलीले भ्रमपूर्ण जालसाझी गरेको आरोप लगाइरहँदा ओलीले ६ बुँदे प्रस्ताव अघि सारेका हुन।
प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षलाई उनीहरुकै माग अनुसार एमालेको संरचनालाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अघि बढाउने बताएका छन्।
तर, त्यसका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई भनेका छन्, ‘नेकपा एमालेको निर्माण र विकासमा हजारौँ योद्धाहरुका पसिना त्याग र बलिदान अन्तरनिहीत छ। यस पार्टीप्रति जनताको अपार विश्वास छ। कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र बलियो बनाएमात्रै लोकतन्त्रको रक्षा हुन्छ। त्यसैले यसपार्टीलाई किमार्थ कमजोर बन्न दिनुहुँदैन’।




























