मेलम्ची सुरुङ निरीक्षण र सुधारको काम गरिने,नदी वरपर जाँदा सावधानी अपनाउनु:मेलम्ची खानेपानी विकास समिति

1K
shares

मेलम्ची।मेलम्ची खानेपानीको सुरुङको सरसफाइ तथा मर्मत संभारको गरिने भएकाे छ। यहि असार १ गतेदेखि शुरु हुने भएकाले सम्भावित नदी वरपर सावधानी अपनाउन मेलम्ची खानेपानी विकास समितिले सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो ।

सुरुङ खाली गर्ने क्रममा बागमती नदी, मेलम्ची नदी, सिन्धु खोला, र ग्याल्थुम खोलामा नियन्त्रित रुपमा पानी छाडिने भएकोले खोला वरपर रहेको सबैले सावधानी अपनाउन समितिले अपिल गरेको छ ।

पानी छोड्दा पानीको बहाव बढ्ने हुँदा सो क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन सर्वसाधारण सबैलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ। करिब दुई हप्तामा सुरुङ खाली हुने र त्यसपछि सुरुङ निरीक्षण र सुधारको काम गरिने भएको छ ।

मेलम्ची नदीमा पुरानै अवस्थामा पानी बहने भएकोले नदीको पानीमा आधारित पेशा व्यावसाय सञ्चालन गर्ने सबेलाई आवश्यक सावधानी अपनाउन समितिले अनुरोध गरेको छ ।

civil hospital
Hams Hospitals